अपडेट 
२०७७ आश्विन १९, सोमबार १८:२८

भारत प्रशासित जम्मु र काश्मिरको पुलवामा जिल्लाको पामपोरमा आतंककारीहरूले हमलामा परी दुई भारतीय सैनिकको ज्यान गएको छ ।

आक्रमणमा सिआरपिएफका ५ सुरक्षाकर्मी घाइते भएका र २ जनाको उपचार क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बाँकी जवानको उपचार भइरहेको छ । पामपोर बाइपासमा दिउँसो करिब १ जबेजितर आक्रमण भएको थियो । आतंककारीहरूले सिआरपिएफ र जम्मु कश्मीरका ११० बटालियन तथा प्रहरीलक्षित गरी हमला गरेका थिए । उक्त क्षेत्रलाई नाकाबन्दी गरी आतंककारीहरूको खोजी भइरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पुलवामा जिल्लाको अवन्तिपोराको सम्बुरा इलाकामा सेप्टेम्बर २७ मा आतंककारी र भारतीय सुरक्षा फौजबीच पनि भीडन्त भएको थियो । उक्त भीडन्तमा परी २ हमलाकारी मारिएका थिए भने एक प्रहरी घाइते भएका थिए ।

Comment


Related News

Latest News

Trending News