अपडेट 
२०७७ आश्विन २०, मंगलवार १५:१२

बलात्कार आरोपमा पक्राउ परी पूर्पक्षका लागि सिराहा कारागारको थुनामा रहेका सिराहाकै बरियारपट्टी गाउँपालिका ४ का २३ वर्षीय शिवकुमार साहलाई रिहा गराइदिने नाममा ठगी गर्ने व्यक्ति समातिएका छन् । प्रहरीका अनुसार साहलाई रिहा गराइदिने नाममा शिवका भाई मुकेशसँग रु ३५ हजार लिने अर्नामा गाउँपालिकाका मोहम्द जाबीरलाई पक्राउ गरिएको छ ।

सिराहा प्रहरीका प्रबक्ता शालिग्राम पौडेलले ३० बर्षीय जाबिरले आफू नेपाल प्रहरीको डीएसपी हुँ र मुद्दा फाँटमा काम गरिरहेकोले बलात्कार आरोपीलाई छुटाइदिने आश्वासन दिएर रकम लिएको पाइएको छ । ‘बलात्कार आरोपीलाई छुटाइदिने भन्दै झुठो प्रलोभन देखाएर पीडक परिवारसँग ३५ हजार रुपैयाँ लिएको पाइएपछि जाबिरलाई गत असोज १८ गते नियन्त्रणमा लिएका हौं’ पौडेलले भने, “उनलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा लिई ठगी शिर्षकमा मुद्दा चलाइएको छ ।”

उनीबारे थप अनुसन्धान भइरहेको पौडेलले बताए । सिराहाका बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा गत असोज १६ गते मात्रै एकजना बलात्कारी आरोपीलाई ५/५ लाखको २ वटा तमसुक बनाएर उन्मुक्ति दिने गरी पञ्चायतीमा निर्णय गरिएको थियो । यो जानकारी पाएपछि प्रहरीले बलात्कार आरोपी र अन्य ८ जना पञ्चलाई नियन्त्रणमा लिइसकेको छ ।

Comment


Related News

Latest News

Trending News