अपडेट 
२०७७ आश्विन २१, बुधबार ०६:३९

सर्लाहीका उखु किसानले सरकारी अनुदानको रकम दशैँअघि नै पाउने भएका छन् ।

उखु किसानलाई अनुदानबापत पठाएको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा रकम दशैँअघि नै बैंक खातामा जम्मा गरिदिने सहमति भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो। अनुदानको रकम पहिलो चरणमा सर्लाहीका उखु किसानलाई वितरण गर्ने र त्यसपछि क्रमशः महोत्तरी, धनुषा, रौतहट र बाराका किसानलाई वितरण गर्दै जाने सहमति भएको उहाँले जानकारी दिनुभयो ।

सर्लाहीका दुई वटा चिनी उद्योगमा उखु बिक्री गरेका किसानका लागि सरकारले अझै ४४ लाख ४३ हजार ६५ रुपैयाँ ३१ पैसा रकम निकासा गरेर पठाउनुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७६/०७७ मा सर्लाहीका दुई वटा चिनी उद्योगले ३३ लाख ३८ हजार ५१२ क्वlन्टल उखु क्रसिङ गरेका थिए। त्यसमध्य] ईन्दुशङ्कर चिनी उद्योग हरिवनले २६ लाख ५६ हजार ५३२ क्विन्टल र महालक्ष्मी सुगर मिल बगदहले छ लाख ८१ हजार ९७९ क्वlन्टल उखु क्रसिङ गरेको थियो ।

त्यसैगरी सर्लाहीकाे अर्को चिनी कारखाना अन्नप”र्ण सुगर मिल धनकौलले तीन वर्षदेखि किसानको बाँकी रकम भुक्तानी गर्न नसकेको कारण बन्द भएको छ । 

Comment


Related News

Latest News

Trending News