अपडेट 
२०७७ आश्विन २१, बुधबार ०६:४३

सामाजिक सञ्जाल फेसबुक नेपाल भित्रिएको छ ।

सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट पु¥याउने परियोजनामार्फत् फेसबुक नेपाल भित्रिएको हो । नेपाललाई फेसबुक भित्र्याउन वर्ल्डलिंक कम्युनिकेसनले सहकार्य गरेको छ । विकासोन्मुख मुलुकमा इन्टरनेट पहुँच बढाउने उदेश्यले फेसबुकले एक्सप्रेसवाइफाई परियोजना सञ्चालन गरेको छ । नेपालमा वर्ल्डलिंक कम्युनिकेसनसँगको सहकार्यमा फेसबुकले सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउनेछ । परियोजना अन्तर्गत १० हजार स्थानमा निःशुल्क वाइफाइ हटस्पट जडान गरिसकेको वर्ल्डलिंकका सञ्चालक दीलिप अग्रवालले जानकारी दिनुभयो ।

यी सबै हटस्पटमा फेसबुकले तयार पारेको सफ्टवेयर प्रयोग गर्न दिने गरी सहकार्य भएको उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News