अपडेट 
२०७७ आश्विन २१, बुधबार ११:३०

मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गौशाला नगरपालिकाका दुई युवालाई मंगलबार प्रहरीले चोरी गरेको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको गौशाला–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो। उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित मन्दिर नजिकबाट भारत बिहारको सीतामढी जिल्ला भेडियाही ग्रामपञ्चायत बस्ने गोविन्द यादवको बीआर ३० एफ ६४३८ को मोटरसाइकल चोरी गरेका थिए । चोरी गरेको मोटरसाइक चढेर मंगलबार सम्सीबाट गौशालातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

दुवै जनालाई मंगलबार नै चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।

Comment


Related News

Latest News

Trending News