अपडेट 
२०७७ आश्विन २१, बुधबार १३:२२

सरकारले कोरोनाका कारण रोकिएको सबै परिक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्न दिने निर्णय भएको बताएका छन् । संघीय, प्रदेश र स्थानीय तहबाट सञ्चालनमा भएका आयोग, विश्वविद्यालय, प्रतिष्ठान शिक्षण संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न दिने सैद्धान्तिक स्वीकृति दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनले भने,‘स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सबै तहबाट सञ्चालन हुने परिक्षा सञ्चालनको अनुमति दिने निर्णय भएको छ ।’

उनले सरकारका सबै तहबाट सञ्चालन भएका व्यवसायी तालिम सञ्चालनका लागिसमेत स्वीकृति दिने बताए । उनले भने,‘तीनै तहका सरकारबाट सञ्चालनमा भएका व्यावसायिक तालिम सञ्चालन गर्न दिने निर्णय भएको छ । जसमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरेर २५ जनाभन्दा कम हुनुपर्छ ।’

Comment


Related News

Latest News

Trending News