अपडेट 
२०७७ आश्विन २२, बिहीबार ०६:३६

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ। बुधबार राति यूएईको आबुधाबीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको हो ।

पहिला टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा १६७ रन बनायो । पहिलो विकेटका लागि सुभमन गिल र राहुल त्रिपाठीले ३७ रनको साझेदारी गरेका थिए । गिल व्यक्तिगत ११ रन बनाएर आउट भए । उनलाई सार्दुल ठाकुरले आउट गरेका थिए । त्यसपछि नितिश राना र त्रिपाठीले कोलकाताको पारी अघि बढाए । राना व्यक्तिगत ९ रन जोडेर आउट हुँदा कोलकाताको स्कोर २ विकेट गुमाएर ७० रन रहेको थियो । तेस्रो विकेटको रुपमा आक्रामक पारी अघि बढाउन खोजेका सुनिल नराइन पनि व्यक्तिगत १७ रनमा पभेलियन फर्किए । ९ बल खेलेका नराइनले एक छक्का र एक चौका प्रहार गरे ।

इयोन मोर्गनले कोलकाताको स्कोर १०० रन कटाएका थिए । ११४ रन पुग्दा मोर्गन ७ रन बनाएर आउट भए । आन्द्रे रसेल पनि व्यक्तिगत २ रनमा आउट भएका थिए । ओपनिङ आएका राहुल त्रिपाठीले भने उत्कृष्ट प्रदर्शन गरे । उनी ८१ रन बनाएर छैटौं विकेटको रुपमा आउट भए । ५१ बल फेस गरेका त्रिपाठीले तीन छक्का र ८ चौका प्रहार गरे । उनलाई ब्राभोले वाट्सनबाट क्याच आउट गराएका थिए । सातौं विकेटको रुपमा कप्तान दिनेश कार्तिक १२ रन बनाएर पभेलियन फर्किए । पेट कमिन्स १७ रनमा नट आउट रहे । चेन्नाईका लागि डुवान ब्राभोले तीन विकेट लिँदा साम करन, सार्दुल ठाकुर र कर्ण शर्माले दुई दुई विकेट लिए।

जवाफमा चेन्नेईले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५७  रनमा रोकियो । ३० रनमा पहिलो विकेट गुमाएको चेन्नेईले ९९ रनमा दोस्रो विकेट गुमाएको थियो। दोस्रो विकेटका लागि सेन वाटसन र अम्बाती राइडुबीच ६९ रनको साझेदारी भएको थियो । त्यसको लगत्तै चेन्नेईले तेस्रो विकेट खेर फाल्यो । चेन्नेईका लागि सेन वाट्सनले ५० रन बनाए भने फाफ डुप्लिसिसले १७ रन बनाए भने अम्बाती राइडुले ३० रनको योगदान गरे । त्यसपछि कप्तान महेन्द्रसिंह धोनी ११ रनमा आउट भए भने साम कुरान १७ रनमा पेभेलियन फर्किए । अन्तिममा रविन्द्र जडेजाले २१ रन बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् ।

यो जितसँगै कोलकाता पाँच खेलमा ६ अंक बनाएको छ र लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

Comment


Related News

Latest News

Trending News