अपडेट 
२०७७ आश्विन २२, बिहीबार ११:४२

सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका सदस्यबीच औैपचारिक वार्ता सुरु भएको छ ।

 शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य डा. लोचन कार्कीले रातोपाटीलाई जानकारी दिए । डा केसी विगत २५ दिनयता ६ बुँदे माग राख्दै आमरण अनशनमा छन्। अनसनको २४ दिनमा सरकारले बुधबार  दिनमा तीन सदस्यीय वार्ता समिति बनाएलगत्तै केसीका तर्फबाट पनि चार सदस्यीय वार्ता टोली सार्वजनिक गरिएको थियो । सरकारले शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको अध्यक्षतामा गगन गरेको तीन सदस्यीय वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दीलिप शर्मा छन् ।

त्यस्तै डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको थियो । जसमा  नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा. लोचन कार्की र ओमप्रकाश अर्याल रहेका छन्।

Comment


Related News

Latest News

Trending News