अपडेट 
२०७७ आश्विन २२, बिहीबार १२:३७

चिकित्सा शिक्षा सुधारको माग गर्दै आरारण अनशनमा बसेका डाक्टर गोविन्द केसीको सर्मथनमा आज पनि आन्दोलन  भएको छ ।

डाक्टर केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघ नारायणी शाखाले नारायणी अस्पतालमा दुई घण्टा धर्ना दिएको छ । जायज माग पूरा गर, प्राध्यापक डाक्टर केसीको जीवन रक्षा गरलगायतका नारा लेखिएको ब्यानरसहित संघमा आवद्ध डाक्टरहरु धर्नामा बसेका थिए । डाक्टर केसीले राखेको जायज माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले धर्नामा बसेको शाखा सचिव उदय नारायण सिंहले जानकारी दिए ।

देश बनाउँछु भनेर कुर्सीमा गएका नेताहरुले डाक्टर केसीको मागको वेवास्ता गर्नु दुःखद भएको चिकित्सकहरुको भनाइ छ । दिउँसो दुई बजेदेखि कार्यालय अगाडि नै रिले अनसन बस्ने संघको नारायणी शाखाले जनाएको छ । संघका अध्यक्ष अरुण संघले सरकारले छिटोभन्दा छिटो डाक्टर गोविन्द केसीले उठाएको माग पूरा गर्नुपर्नेमा जोड दिए । चिकित्सक संघ नारायणीका पूर्वअध्यक्ष डाक्टर जगदिश अग्रवालले डाक्टर कसी निमुखा जनताको लागि अनसनमा बस्दा पनि सरकारले बेवास्ता गर्नु दुःखद भएको बताए ।

‘डाक्टर गोविन्द केसी जस्तो मानिस मुलुकमा विरलै जन्मन्छन्, जो आफ्नो स्वार्थभन्दा माथि रहेर काम गर्छन्,’ उनले भने, ‘डाक्टर केसी आफ्नो लागि केही गरिरहनुभएको छैन, निमुखा जनताका लागि अनसनरत हुनुहुन्छ । तर सरकार गम्भीर भइरहेको छैन ।’

Comment


Related News

Latest News

Trending News