अपडेट 
२०७७ आश्विन २३, शुक्रबार ०९:१९

नेपाल चिकित्सक संघले डा गोविन्द केसीको समर्थनमा आज तय गरिएको स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरेको छ ।

संघले विज्ञप्ति जारी गर्दै सरकारी र डा केसीका प्रतिनिधिबीच वार्ता सकारात्मक रुपमा अघि बढिरहेको भन्दै संघले आजका लागि तय भएको आन्दोनका कार्यक्रम स्थगित गरेको जनाएको छ । यस्तै कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै २३ गते घोषित आकस्मिक र कोभिड–१९ का सेवाबाहेकका स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरिएको संघले जनाएको हो । २६ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन ररक्षाका लागि संघले असोज २२ गतेदेखि विभिन्न विरोधका कार्यक्रम घोषणा गरेको थियो ।

Comment


Related News

Latest News

Trending News