अपडेट 
२०७७ आश्विन २३, शुक्रबार ११:३७

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि चिकित्साशास्त्रतर्फको स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले आगामी २७, २८ र २९ असोजमा लिने गरी तयारी गरेको थियो । तर सर्वोच्चको आदेशपछि आयोगले सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रवेश परीक्षा स्थगित भएको जनाएको छ । आयोगले एमडी, एमएस, एमडीएस, एएपीएच, एमएन, एमएससी नर्सिङ, एम फर्मालगायतका विषयमा प्रवेश परीक्षाको तयारी गरेको थियो । सर्वोच्चले परीक्षासम्बन्धी कार्य अघि नबढाउन आदेश जारी गरेपछि आयोगले परीक्षाको कार्यक्रम स्थगित गरेको हो ।

आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो ।

Comment


Related News

Latest News

Trending News