अपडेट 
२०७७ आश्विन २३, शुक्रबार ११:५१

भारतमा २४ घण्टामा ७० हजारभन्दा बढी संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज बिहान दिएको जानकारी अनुसार ७० हजार ४ सय ९६ संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा ९७ हजारभन्दा बढी संक्रमित थपिएकामा पछिल्ला दिनमा यो संख्या घटेको हो ।

भारतमा कूल संक्रमितको संख्या ६९ लाख ६ हजार १ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय ६४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म १ लाख ६ हजार ४ सय ९० जनाको मृत्यु भएको छ भने ५९ लाख ६ हजार ७० संक्रमित निको भइसकेका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ८ लाख ९३ हजार ५ सय ९२ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News