अपडेट 
२०७७ आश्विन २३, शुक्रबार १६:२६

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ ।

शुक्रबार थप २०५९ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार नेपालमा ७३२ महिला र १३२७ पुरुष गरि २०५९ जनामा कोरोना देखिएको हो । त्यस्तै काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ भने हालसम्म कारोनाका कारण ६०० पुगेको छ । त्यस्तै शुक्रबार १६८० जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना संक्रमिणबाट निको हुनेको संख्या ७३ हजार २३ रहेका छन् । नेपालमा शुक्रबार सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यस्तै होम आइशोलेशनमा १५ हजार ८७७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ११ हजार १७६ जना रहेका छन् । क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ४५ हजार २३७ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News