![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/10/govinda_kc_gxHXIVirVZ.jpg)
सरकारले अनशनरत डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ ।
चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर केसीसँग गएराति सहमति भएको हो । सहमति भएसँगै डाक्टर केसीले आज बिहान साढे ९ बजे अनशन तोड्ने तयारी छ ।
बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
![](https://i0.wp.com/ejanakpurtoday.com/wp-content/uploads/2020/10/032.jpg?resize=694%2C960&ssl=1)
![](https://i0.wp.com/ejanakpurtoday.com/wp-content/uploads/2020/10/033.jpg?resize=562%2C772&ssl=1)