अपडेट 
२०७७ आश्विन २५, आईतवार १४:५०

सप्तरीमा आज बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट डाक्नेश्वरी नगरपालिका-७ ललितपुर पुर्ख्यौली घर भइ राजविराज नगरपालिका–६ सिरहारोडका ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।

कोरोना संक्रमित पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएकी उनलाई आजै बिहान स्वासप्रश्वास समस्या देखिएपछि राजविराज स्थित छिन्नमस्ता अस्पताल पुर्याएको केही समयमा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित मृतकको संख्या ३ महिलासहित २० पुगेको छ ।

Comment


Related News

Latest News

Trending News