२०७७ आश्विन २५, आईतवार १७:३०
सप्तरीको रुपनी गाउँपालिका कार्यालयका तीन कर्मचारीसहित ११ जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ ।
कन्ट्याक्ट ट्रेसिङ्ग, कार्यालय स्यानिटाइज लगायतका कार्य गर्न एक साताका लागि गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प गरिएको हो । दुई जना कार्यालय सहयोगी र अपरेटर सहायकमा आइतबार संक्रमण पुष्टि भएपछि आजैबाट कामकाज स्थगन गरिएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभएको छ । यद्यपी, अत्यावश्यक काम भने प्रभावित नगर्न आफूहरु सचेत रहेको अध्यक्ष यादवको भनाइ छ ।



