![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/Ministry-of-Health-and-Population-1.jpg)
नेपालमा सोमबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५६५ महिला र २४८२ पुरुष गरि थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।
त्यस्तै सोमबार थप १४७३ जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । त्यस्तै होम आइशोलेशनमा १९ हजार ९५७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १३ हजार ९२३ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा ८ हजार ८३१ जना रहेका छन् । त्यस्तै हालसम्म ११ लाख ९१ हजार ५१४ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ ।