अपडेट 
२०७७ आश्विन २६, सोमबार १७:३१

(कोभिड-१९) गराउने कोरोना भाइरसको नयाँ मिहिन तस्वीर सार्वजनिक गरिएको छ ।
यसको चुच्चे आकार र मानव कोशिकासँग यसले गर्ने अन्तरक्रिया नयाँ तस्वीरमा विस्तृत रूपमा देख्न सकिन्छ ।

कोभिडको उपचार खोजि रहेका वैज्ञानिकहरूका लागि यस तस्वीरले सहायता गर्ने अपेक्षा छ ।
चीनका वैज्ञानिकहरूको टोलीले (कोभिड-१९) भाइरसको तस्वीर सार्वजनिक गरेका हुन् । खोप र उपचारका लागि यो कोशेढुंगा साबित हुन सक्ने बताइएको छ । बेइजिङस्थित चिङ्गुआ विश्वविद्यालयमा संरचनागत जीवशास्त्री डा साइ लीले संक्रामक रोग विशेषज्ञहसँग मिलेर यो तस्वीर बनाएका हुन् । उनीहरूले भाइरसलाई रसायन हालेर हानिरहित बनाए अनि भाइरसलाई एक थोपोमा परिणत गरे । त्यसलाई लीले छिटो चिस्यानमा पारे अनि साइरो-इलेक्ट्रोन माइक्रोस्कोपमा राखे । लीको कामले वैज्ञानिकहरूलाई भाइरसले कसरी आफ्नो प्रोटीन कोशिकामा पसाउन सफल हुन्छ भन्ने विषयमा जान्न मद्दत पुगेको छ । त्यसपछि भाइरसको बांगोटिंगो जिनहरू मानव शरीरको जीवरसायनमा कसरी प्रवेश गर्छन् भनी वैज्ञानिकहरूले सिक्ने मौका पाएका हुन् ।

भाइरसका केही प्रोटीनहरूले हाम्रा कोशिकाहरूमा कसरी विनाश गर्छन् अनि केही अन्यले नयाँ भाइरस बनाउन कसरी काम गर्छन् भनी अनुसन्धाताहरूले निरीक्षण गरेका छन् ।

Comment


Related News

Latest News

Trending News