अपडेट 
२०७७ आश्विन ३०, शुक्रबार ०६:३५

जनकपुरधाम ।बली प्रदानका लागि प्रख्यात जनकपुरधामको राजदेवी मन्दिरमा कोरोना भाइरस संक्रमणको कारण बली प्रदानमा रोक लगाइएको छ ।

‘भीड हुने कुनै मन्दिरमा बली प्रदान हुँदैन्’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, राजदेवी मन्दिरमापनि बली प्रदान हुँदैन् । बडा दसैंको कात्तिक १ गते शनिवार घटस्थापना हुँदैछ ।हिन्दुहरुले घटस्थापनादेखि नै शक्तिपिठ र घरमा दुर्गा भवानीको पुजा प्रारम्भ गर्छन् ।कतिपय मन्दिरहरुमा सबै दिन बली प्रदान हुने गर्छ ।मुर्ती बनाएर काली पुज हुने स्थानहरुमा सप्तमीदेखि बली प्रदान प्रारम्भ हुन्छ ।तर राजदेवी मन्दिरमा अष्टमीको राती मात्र बली प्रदान हुन्छ । जिल्ला प्रशासन कार्यालय धनुषामा विहिवार सम्पन्न बैठकपछि गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले बली प्रदान नहुने र मन्दिरमा लामो लाइन लागेर पुजा समेत नगरिने बताए । ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बली प्रदान र लाइन लगाउने काम हुँदैन्’ उनले भने, धार्मिक, सांस्कृतिक विधि अनुसार क्षमा पुजा मात्र हुनेछ । राजदेवी मन्दिर पुजा व्यवस्थापनगर्दै आएको महाबीर युवा कमिटीका पूर्व अध्यक्ष धर्मेन्द्र साहले एकै राती १५ हजार भन्दा केहि बढी बली प्रदान भएको बताए ।

गत वर्ष १४ हजार भन्दा बढी बोका बली प्रदान गरिएको उनले जनाए । ‘राजदेवी मन्दिरमा भीडभाड गर्न दिइने छैन्’ गुठी प्रमुख रेग्मीले भने, सरकारी निर्देशन अनुसार समाजिक दुरी बनाएर मात्र पुजा बिधिहरु गरिनेछ । तराइका जिल्लाहरुमा बडा दसैंमा दुर्गा भवानीको मुर्ती बनाएर पुजा गरिने चलन ।केहि वर्ष यता हिन्दु बाहुल्य भएका गाउँहरुमा दुर्गा मुर्ती बनाएर पुजा गर्न थालिएकोछ ।तर जनकपुरधामको परिक्रमा सडक भित्र रहेको राजदेवी मन्दिर बाहेक अन्य दुर्गा मुर्ती बनाएका स्थानहरुमा बली प्रदान हुँदैन् । हिंसा बिरोधी विभिन्न समाजिक र धार्मिक संघसंस्थाहरुले राजदेवी मन्दिरमा हुने पशुबलीको बिरोधगर्दै आएका छन् ।परिक्रमा क्षेत्रलाई मद्यमांस निषेधित बनाउनु पर्ने मागगर्दै साधुसन्त र समाजिक अभियन्ताहरुले आवाज उठाउने गरेका छन् । राजदेवी मन्दिरमा बली प्रदान गर्ने संख्या पछिल्लो केहि वर्षदेखि बढेकोछ ।भाकल गरेका श्रद्धालुहरुले बली प्रदान गरेको बताइन्छ ।

मन्दिरमा बली प्रदान नगरिने भएपछि यस पटक अन्य वर्षहरु जस्तो बोकाको बजार तातेको छैन् ।

Comment


Related News

Latest News

Trending News