अपडेट 
२०७७ आश्विन ३०, शुक्रबार ०७:३९

मालपोेत कार्यालय पर्सामा जिल्ला प्रशासन कार्यालयले छापामारी गरेको छ । बिहिबार राति ८ः३० बजेको समयमा जिल्ला प्रशासन कार्यालय पर्साले र वडा प्रहरी कार्यालय विर्ताको संयुक्त टोलिले छापामारी गरेको हो ।


छापामारीमा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन कुमार झा सहित १५ जना पक्राउ परेका छन् । अबेर रातीसम्म मालपोत कार्यालय खुला गरी गैरकानुनि कार्य भइरहेको भन्ने सुचनाको आधारमा छापामारी गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक रजेश राज पुरीले बताउनुभयो । प्रहरी निरिक्षक पुरीका अनुसार छापामारीको क्रममा पक्राउ परेका निमित्त कार्यालय प्रमुख सहित १५ जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । टोलीले मालपोत कार्यालका पर्साका निमित्त कार्यालय प्रमुख सुमन कुमार झा सहित ६ जना कर्मचारी र ८ जना अन्य जग्गा दलाल सहित १५ जनालाई कार्यालयमै नियन्त्रणमा लिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी गराउनु भयो।

नियन्त्रणमा रहेका बाहिरी व्यक्तिमा धर्मेन्द्र साह , रमेश यादव , लेख मान कुमार यादव , ज्ञानेन्द्र प्रसाद यादव , बिरेन्द्र कुमार साह , राजेन्द्र प्रसाद चौधरी, बिजय बिक्रम शाह र रबि भुषण प्रसाद पटेल रहेका थिए। राती ८ बजे सम्म कार्यालयमा बसेर काम गरेको हुनाले रातको समयमा भएको कामको बारेमा छापा मार्न गएको टोलीले निमित्त कार्यालय प्रमुख सहित कर्मचारीसंग सनाखत गराएको छ। यस बिषयमा थप अनुसन्धान भैई रहेको पौडेलले बताउनु भयो ।

Comment


Related News

Latest News

Trending News