अपडेट 
२०७७ आश्विन ३०, शुक्रबार १६:१५

बीरगंज,३० असोज । वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैयामा निर्माण सम्पन्न मोखतब तथा सड़क ढलानको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले उद्घाटन गरेका छन ।

स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संसदीय कोष बाट निर्माण सम्पन्न मोखतब र संसदीय कोष तथा वीरगंज महानगरपालिका र वडा कार्यालयको सहयोग बाट निर्माण सम्पन्न भएको सड़क ढलान एवम नाला निर्माण कार्यको आज एक कार्यक्रम का बिच सांसद यादवले उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै सांसद यादवले जनचाहना अनुसार आफनो निर्वाचन क्षेत्रको कुना कुनामा विकास निर्माण कार्यलाई निरन्तरता दिएको बताउनु भयो । आफनो संसदिय विकास कोषबाट भईरहेको निर्माण कार्य हरूको जायजा लिनुको साथै पैसा को कमीका कारण रोकिएको विकास योजनाहरूलाई निर्माण सम्पन्न गराउन अवलोकन समेत गरिरहेको बताए । निर्माण सम्पन्न भएको मोखतब, सड़क ढलान तथा नाला करिब ३५ लाखको लागतमा सम्पन्न भएको हो ।

कार्यक्रम मा शेख जलसुदीन, शेख अब्बास, अताउल मिया राकी,घन्श्याम गुप्ता लगाएत स्थानियको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News