अपडेट 
२०७७ कार्तिक १, शनिबार ०५:५५

दुई महिना अघि प्रदेश २का आठ जिल्लासंगै मौफसलमा कोरोना संक्रमण बढि रहेको वेला काठमाण्डौ प्रवेशमा कडाई गरिएको थियो । पा“च दशक अघिको झझल्को दिने गरी उपत्यका छिर्नेहरुलाई लिखित अनुमति ( पिसीआर नेगेटिभ रिपोर्ट ) चाहिन्थ्यिो । अनिवार्य क्वारेन्टाईनको व्यवस्था गरिएको थियो ।

मौफसलका मानिस हेर्ने बित्तिकै आ“खा–भौं खुम्चियाउने परम्पराको पुर्नजागरण भएको थियो । तर अहिले परिस्थिती ठिक उल्टो भएको छ । संघीय राजधानी काठमाण्डौमा कोरोना मिटर नित्य नया“ कृतिमान स्थापित गर्दैछ । मौफसल अपेक्षाकृत शान्त छ । यद्यपि मौफसलमा कोरोना संक्रमितको संख्या घट्नुको कारण , थोरै जनाको पिसीआर जा“च हुनु पनि हो । जे भए पनि अचेल परिस्थिती फेरिएको छ – पहिले राजधानी छिर्न मरिहत्ते गर्ने नवधनाढ्य तथा राजनीतिकर्मीहरु अचेल मौफसल ओर्लिन कम्मर कसेका छन् । यद्यपि पर्व त्यौहारको महिना घर फर्किनुलाई अन्यथा मान्न सकिन्न । तर पार्टी प्रवेशको नाममा , जनजागरणको नाममा अथवा धार्मिक, सांस्कृतिक किंवा राजनीतिक सभा सेमिनारको नाममा मधेस झर्नुलाई कुनैपनि हालतमा उचित भन्न मिल्दैन । मुलुकमा कोरोना कहर सुरु भएसंगै सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी तथा प्रमुख प्रतिपक्ष नेपाली काग्रेसभित्रको गुटवाजी उत्कर्षमा पुगेको थियो । नेकपा भित्रको आन्तरिक कलह समाधान गर्न दर्जनौं पटक सचिवालय बैठक बसे ।

पोलिटव्युरो बोलाइयो अनि केन्द्रिय समितिसम्मकमो बैठक भयो । अघिल्लो महाधिवेशन , महासमिति सदस्य मनोयन, विभिन्न समितिको गठनलगायतका विषयमा व्याप्त असंतुष्ठीलाई साम्य पार्न अनेकौ गुटगत , समूह गत तथा पार्टीगत बैठक भए । राष्ट्रिय समाजवादी पार्टीभित्रको कलह पनि यसै वेला मुखर भयो अनि कोरोनाकालमा अनेको चरणका बैठकहरु बसे । पार्टीभित्रको समस्या समाधान गर्न बैठक, वहस , छलफल गरिनुलाई अन्यथा मान्न सकिन्न । तर सामाजिक दूरी कायम गर्ने वेला, मास्कको प्रयोग गर्ने वेला तथा सरकारले बन्दाबन्दी घोषित गरेको वेला पार्टीका घनीभूत बैठकहरु नगरिदिदा वेस हुन्थ्यिो कि ? बढदो कोरोना संक्रमणको कारण अचेल काठमाण्डौ बेचैन छ । जनता जनार्दनकालागी अस्पतालमा अक्सिजन आभाव छ । आईसीयू र भेन्टिलेटर खाली छैनन् । यस्तो अवस्थामा नेताजीहरुको मधेस दौडाहा कोरोनासंग कुस्ती खेल्न भएजस्तै हो । ठुल–ठुला आमसभाहरु आयोजन गरिदै छन् । हातमा ग्लोब्स , मुखमा महगा एन–१९ मास्कलगाएर कार्यक्रममा सहभागी हुने नेताजीहरुका लागी कोरोना भनेको ठुलो कुरा हुदै होईन । कारण उनिहरुसंग सोर्स,फोर्स तथा पैसा छ ।

उनिहरुका लागी सुविधा सम्पन्न सरकारी तथा निजी दुबै अस्पताल हाजिर छ । आवश्यकता परे सजिलै आईसीयू र भिन्टीलेटरको व्यवस्था पनि हुन सक्छ तर आमसभामा सहभागी हुने राजू सदाहरुको हविगत के होला ? एक पुरिया जीवनज खान नपाएर छटपटिएर मृत्युवरण गरेका राजु सदा सहधर्मीहरुलाई कोरोनाले चिन्दैन । राजू सदाहरुका लागी समयमा जीवनजल उपलब्ध हुन सक्दैन भने अक्सिजन कहा“बाट हुन्छ । अनि आईसीयु र भेन्टीलेटरको झन कुरै नगरौं । तार्किक,विद्वान तथा आधुनिक खयालका नेताको रुपमा चिनिने पूर्वप्रधानमन्त्री तथा रासपा वरिष्ट नेता डा.बाबूराम भट्टराई पर्सामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमको तस्वीर राखेर ट्वीटरमा लेखेका छन् – ‘ पर्सा जिल्ला पर्सौनी गापा १ औरहा , वडा ५ महुमत र ठोरी गापाको सवर्णपुरमा भएको छुट्टा छुट्टै कार्यक्रममा नेका, नेकपा लगायतका पार्टी परित्याग गरी जसपामा प्रवेशसंगै जसपाप्रति आकर्षणको व्यापक लहर । ’ प्रदेश २ सरकारको नेतृत्व समेत गरि रहेको रासपाका वरीष्ट नेताले ट् वीटरमा राखेको तस्वीरमा भौतिक दूरीको पटक्कै ख्याल गरिएको देखिदैन । जनता जनार्दनलाई मास्क भने अवश्य दिईएको छ तर उनिहरु गाउ“ गाउ“बाट कार्यक्रम स्थलसम्म पुग्न प्रयोग गरेका बस, ट्रेक्टर तथा अटोलगायतका सवारी साधनमा भौतिक दुरी र मास्कको प्रयोग पटक्कै नभएको दृश्य शुक्रवार धनुषामै देखियो ।

धनुषाको सबैलामा आयोजित रासपाको पार्टी प्रवेश कार्यक्रमका सहभागीहरु मास्क लगाएको देखिए पनि बाटोमा भने यत्रतत्र सर्वत्र देखिएका थिए । कोरोनाको कहरबीच यस वर्षपनि कृष्णाष्टमी मेलामा ‘ जनताको ईमान ’ डोलेकै थियो । मुसलानहरुको दाहा उत्सवमा हजार ौंको सहभागिता भएकै हो । राजनीतिक सभा सेमिनारमा हजारौंको सहभागिता भएकै छ । राजदेवी मन्दिर,सबैलाको दुर्गामन्दिरलगायत गाउ“ गाउ“का शक्तिपीठहरुमा बोकावलि प्रदान गर्ने पुरानो परम्परा छ तर जिल्ला प्रशासन कार्यालय धनुषाले भने बोकावलि प्रदान गर्न निषेध गर्ने उर्दी जारी गरेको छ । गुठी संस्थान जनकपुरले सार्वजनिक सूचना नै प्रकाशित गरेर यस वर्ष बोकावलि नहुने जानकारी गराएको छ । राजनीतिक सभामाथि रोक लगाउन नसक्ने , दाहा उत्सवमा हजारौंको सहभागिता हुन दिने तर राजदेवी मन्दिरमा बोकावलिमाथि प्रतिवन्ध लगाउन उर्दी जारी गर्ने उचित हो ? जनता जनार्दन सब जानती है । शुक्रवार सबैलामा आयोजित रासपाको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रपत्रिका तथा एफएमहरुबाट सार्वजनिक सूचना प्रशारण गरिदा पनि प्रशासन चुप्प बसे ।

एक वर्षमा एक थान भेन्टिलेटर खरीद गर्न नसक्ने प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउत स्वयं भौतिक दूरीको फिटिक्कै पालना नगरिएको सबैलाको आमसभामा सहभागी भए । रासपाका वरीष्ट नेताहरु राजेन्द्र महतो , अनिलकुमार झा, मन्त्री जीतेन्द्र सोनल, नवलकिशोर साह,रामनरेश राय, संघीय सांसद उमाशंकर अरगरिया, राजनीतिमा आधुनिक धारको नेतृत्व गर्ने नेताको रुपमा चिनिएका नेता मनिष सुमन, परमेश्वर साह, स्वक्षता अभियानीको रुपमा चिनिएका प्रदेश सभासदस्य रामाशीष यादवसहितका नेताहरु एउटै मञ्चमा उपस्थित थिए । पुर्वी धनुषाको चेतनशील सबैला गाउ“मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई नेकपा र नेकाको गढमा सेंधको रुपमा व्याख्या गरिएको छ जो ठिक पनि हुन सक्छ तर कोरोना कहर उत्कर्षमा पुगी रहेको वेला आमसभाको आयोजन गर्नुको औचित्य प्रमाणित गर्नु रासपाकै दायित्व हो । आफै उपस्थित सार्वजनिक कार्यक्रममा भौतिक दुरीको पालना नहुने तर यिनै मुख्यमन्त्री , मन्त्री तथा वरीष्ट नेताजीहरुले जनता जनार्दनलाई भौतिक दूरी , मास्क तथा सावुन पानीले मिचिमिचि हात धूने सन्देश दिने ? यो नैतिक सबाल पनि हो ।

Comment


Related News

Latest News

Trending News