अपडेट 
२०७७ कार्तिक १, शनिबार १४:४४

जिल्ला प्रहरी कार्यालय पर्साले २३किलो सुन बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिकाको बडा नम्बर ५ रेशम कोठीबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदीका थाल,गलास लगायतका बरामद गरेको हो । विशेष सुराकीको आधारमा प्रहरीले आज वीरगन्ज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ केजी दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीको गर गहना बरामद गरेको छ ।उक्त नम्बरको फ्ल्याटमा  भारत पूर्वी चम्पारण रक्सौल हरैयाका   अशोक सिन्हा बसदैको र सुन उनकै भएको पर्सा प्रहरीले पत्रकार सम्मेलनमा जनाएको थियो ।प्रहरीले सुचनाको आधारमा हिजो देखि निगरानी गर्दै आएपनि विहानसम्म कोइ नआएपछि स्थानिय जन प्रतिनिधिको रोहबरमा छापेमारी गरि उक्त सुन बनामद गरिएको पर्साका प्रहरी उपरिक्ष गगां पन्थले बताउनु भयो ।

रक्सौल कस्टमका क्लियरिङ एजेन्ट समेत रहेका सिन्हा  भाई प्रमोद कुमार सिन्हा बिहार विधानसभा निर्वाचनमा रक्सौल विधानसभा १० का भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार भइ चुनावमा होमिएका छने । विधानसभा निर्वाचन अन्तर्गत तेस्रो चरणमा नोभेम्बर ७ मा त्यस क्षेत्रमा निर्वाचन हुने जनाइएको छ ।

 छापेमारीमा एक केजीको सुनको विस्कुट १३ पिस, मझौला खाले सुनको विस्कुट ४६ पिस, १०० ग्रामको सुनको विस्कुट १० थान र सुनका विभिन्न गर गहनाहरु ६ सय ८९ ग्राम बरामद भएको एसपी पन्तले बताउनु भयो् । त्यसमध्ये सुनको विस्कुट २२ केजी ५ सय ७६ ग्राम रहेको छ । फ्ल्याट धनी हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सुनसहित अन्य कागजात पनि बरामद भएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News