अपडेट 
२०७७ कार्तिक १, शनिबार १७:५५

जनकपुरधाम,कार्तिक १ गते । आन्तरिक मामिल तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले नेपाल भारतविच रहेको पौराणीक नातामाथि नजर लगाउनेलाई वरदास्त नगरिने वताएका छन ।

नेपाल भारत खुला सीमा सम्वाद समुहको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री कुशवाहाले नेपाल भारत विचको नाता वेटिरोटीको रहेको र दुवैविच सीमा वन्द गर्ने षडयन्त्र कुनै पनि हालतमा स्विकार्य नहुने वताए । उनले सरकार र समाजको नाता फरक फरक रहेको वताउदै नेपाल र भारत विचको सम्वन्ध ओली र मोदीले नवनाएको यो सम्वन्ध पौराणीककाल देखि नै रहेकोले सम्वन्धलाई मजवुत वनाउनुपर्नेमा दरार ल्याउने कुनै पनि कुरा स्विकार्य नगरिने वताए ।

उनले अहिले कोरोना महामारीका कारण नेपाल भारतविचको सीमा वन्द रहेको र यहि वाहानामा सबैदिनका लागि वन्द गर्ने प्रपण्च नचल्ने वताए ।लामो समय देखि सिमा वन्द भएका कारण नेपाल र भारतका जनमानसको रोजमर्रा जिवनमा समस्या आएको स्विकार गर्दै उनले विजयादशमी पछि सीमालाई सहज वनाउनका लागि पहल गरिने समेत प्रतिवद्धता जनाए । नेपाल भारत खुला सीमा सम्वाद समुहका अध्यक्ष राजीव झाले सीमा संग सम्वद्ध समेत नरहेका नेपाल र भारतका चार चार जनाको प्रवुध समुहले नेपाल भारतको सीमामा तारवार लगाउनुपर्न भन्दै रिर्पोट पेश गरेको आफुलाई जानकारि भएको वताउदै सिमा सम्वन्धि जानकारि समेत नभएका यस्ता प्रवुद्ध समुहको रिर्पोट कुनै पनि हालतमा स्विकार नगरिने वताए ।

नेपाल र भारतको सम्वन्ध कुनै सरकारले नवनाएकोले कुनै पनि सरकारले दुवै विचको भावनात्मक सम्वन्धमा दरार पैदा नगर्न आग्रह गरे । कार्यक्रममा अग्रज पत्रकार श्यामसुन्दर शशीले नेपाल भारतविचको सम्वन्ध कुनै सीमाले नरोकिने वताए । सीमा निर्धारण त भरखर भएको छ ,उनले भने,मिथिलाको सीमा हिमालय पर्वत सम्म भएकोले नेपाल र भारतको जनताको सम्वन्ध कुनै सिमाले रोक्न नसकिने र दुवैको सम्वन्धलाई सरकारलेपनि सीमा वन्द गरेर खलल पुरयाउने काम कदापी गर्नु हुदैन ।

उनले खुला सिमाका कारण नेपाल भारत दुवैमा आतंकवादी गतिविध हुदै आएको कुरालाई अस्विकार गर्न नसकिने वताउदै बरु यसलाई क मगर्न सुरक्षा गतिविधी बढाउनुपर्ने वताए । कार्यक्रममा कमला अभियानी विक्रम यादवले दुवै देशको समाजीक भावना मन नपराउने व्यक्तिहरुको यस्तो प्रपंच भएको र दुवै देशका सरकारले सम्वन्धमा चिसोपना ल्याउने गर्ने कुनै पनि निर्णय दुवै देशका जनताले स्विकार नगर्ने वताए । कार्यक्रमको संचालन पत्रकार प्रमोद कुमार साहले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News