अपडेट 
२०७७ कार्तिक २, आईतवार ०६:५४

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ । 

दिल्लीको यो सातौं जित हो । चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा रहेको छ ।

Comment


Related News

Latest News

Trending News