अपडेट 
२०७७ कार्तिक २, आईतवार १५:२१

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित चन्द्रपुर नगरपालिकाको भवन आगाडी सडक अवरुद्ध गरिएको छ ।
लामो समय देखि चन्द्रपुर नगरपालिकाको भवन अगाडिको सडक मर्मत नगर्दा दैनिक दुर्घटना हुने गरेको कारण सो स्थानका स्थानियहरुले आईतबार सडक अबरुद्ध गरेका हुन् ।
चन्द्रपुर नगरपालिकाका प्रमुख मेयर रामचन्द्र चौधरीलाई स्थानियहरुले सडक मर्मत गराईदिनु भन्दा सडक डिभिजनले गर्ने काम हामीले कसरी गर्नु भन्ने उत्तर सुनेर स्थानिय व्यावसायी निर्मल भण्डारीको नेतृत्वमा सो सडक अबरुद्ध गरिएको हो ।


व्यवसायी भण्डारीका अनुसार सडक मर्मत गर्न चन्द्रपुर नगरपालिका तथा सडक डिभिजनको कार्यालय धाउने गरेपनि हाल सम्म सडक मर्मत भएको छैन । सडक डिभिजन कार्यालयका प्रमुख दारोगा प्रसाद यादव लाई समेत सडकको अवस्थाको बारेका प्रस्ट पार्दा हाल सम्म कुनै प्रयास नहुदा हामीले सडक अबरुद्ध गर्न बाध्य भएको भण्डारीको भनाई रहेको छ ।
चन्द्रपुर नगरपालिकाका मेयर,डिभिजन सडक कार्यालयका प्रमुख तथा ठेक्का परेको निमार्ण कन्ट्रक्सनकाका प्रतिनिधीसंग छलफल नगरे सम्म सडक अवरुद्ध गरिराख्ने स्थानियहरुको भनाई रहेको छ ।

Comment


Related News

Latest News

Trending News