अपडेट 
२०७७ कार्तिक २, आईतवार १६:४१

नेपालमा आइतबार थप २९४२ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २९४२ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १६९८ जनामा कोरोना देखिएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७३९ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आइतबार थप २३२६ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९२ हजार १६६ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । त्यस्तै होम आइशोलेशनमा २६ हजार ४०८ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १२९३३ जना रहेका छन् । नेपालमा हालसम्म १२ लाख ८३ हजार ३५४ वटा पिसिआर परिक्षण गरिएको छ ।

Comment


Related News

Latest News

Trending News