अपडेट 
२०७७ कार्तिक २, आईतवार १८:३०

रौतहट–रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ कार्य समितिले हिन्दु धर्मालम्बिहरुको महान चाड वडा दशैं,शुभ दिपावली तथा छठ पर्वको अवशरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आईतबार एक कार्यक्रमको आयोजना गरी चन्द्रपुर नगरपालिका वडा नम्बर ५ कार्य समितिले शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।


सो कार्यक्रमको उद्घाटन नेपालि काग्रेंस रौतहटका पार्टि सभापति कृष्ण यादवले महामानव वि.पि कोइराला एवं नेपाली का“गेंस रौतहटका मुर्धन्य नेता स्व. पुन्य प्रसाद दाहालको तस्बिरमा माल्यार्पण गरेर गरेका थिए ।उनले नजिकिदै गरेको हिन्दुहरुको महान पर्व वडा दशैं,शुभ दिपावली तथा छठ पर्वको सम्पुर्ण नेता,कार्यकर्ता तथा देश विदेशमा रहनुभएका दाजु–भाई तथा दिदि–बहिनीलाई शुभकामना दिएका थिए । तेसै गरी नेपाली काग्रेंस रौतहटका युवा नेता सुनिल कुमार यादव,प्रेमशंकर राय यादव लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा वक्ताहरुले नेपाली का“ग्रेस रौतहटका नेता पुन्य प्रसाद दाहालले बि.स.२०४९सालमा शिक्षा,स्वास्थ्य,खानेपानी,बिजुली,टेलिफोन लगायतका १५ बुदें माग राखि गर्नुभएको आमरण अनशनको कदर गरेका थिए । स्व.पुन्य प्रसाद दाहालकै अमरण अनशनको फलस्वरुप तत्कालीन चन्द्रपुर गा.वि.स.ले बिजुली एवं टेलिफोनको सुविधा अन्यत्रको भन्दा केहि समय अघिनै प्राप्त गरेको थियो । सो कार्यक्रममा नेपाली काग्रेंसको प्रजातान्त्रिक मुल्य मान्यतालाई आत्मसाथ गरेर बि.स.२०४६ साल एवं २०६२÷०६३ को जनआन्दोलनमा सहभागिता जनाउनु भएको १९ जना वडा नम्बर ५ निवासी वृद्ध–वृद्धालाई सम्मान सहित कदरपत्र प्रदान गरिएको थियो ।


सो कार्यक्रममा चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी,वडा नम्बर ५ का वडा अध्यक्ष संजय काफ्ले,नेपाली कागे्रंका महासमिति सदस्य शैलेन्द्र चौधरी,महाधिवेशन प्रतिनिधि संजय कार्कि,भागिरथ साह,नेपाली काग्रेंसका पुर्व उपसभापति अनन्त कोईराला,पुर्व जिल्ला सदस्य अजय साह,प्रदेश नम्बर २ एन्फाका अध्यक्ष नेपाल कार्की,नेपाली कागे्रंस तरुण विभाग सदस्य सपुत बहादुर कार्की,नेपाल महिला संघका केन्द्रय सदस्य लक्ष्मी बराल,नेपाली काग्रेंसकी महिला नेत्री सरस्वती गीरी,गिता भारती,सानुमाया ठोकर,जिल्ला उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष टिका घिमिरे,क्षेत्र नम्बर ३ का सचिव फिरोज आलम,नेपाल बिद्यार्थी रौतहटका निवर्तमान अध्यक्ष श्यामहरी चौलागाई,प्रजातान्त्रिक बिचार केन्द्र रौतहटका संयोजक रविनचन्द्र कोईराला,नेपाली काग्रेंस चन्द्रपुरका युवा नेता बन्ती कुमार पाण्डे,संदेश रिजाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाली काग्रेंसका नेता अवदेशहरी भटट्राईले गरेको थियो भने स्वागत मन्तव्य स्ववीयु उपसभापति एवं चन्द्रपुर वडा नम्बर ५ का वडा सदस्य गोपाल हुमागाईले गरेका थिए । सो कार्यक्रमको सभापतित्व चन्द्रपुर वडा नम्बर ५ का नेपाली काग्रेंसका वडा सभापति दामोदर घिमिरेले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News