अपडेट 
२०७७ कार्तिक ३, सोमबार ०९:४७

विश्वभर कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड नाघेको छ । सोमबार बिहानसम्मका कोरोना निको हुनेको संख्या तीन करोड एक लाख आठ हजार ३१ पुगेको हो । हाल कोरोना भाइसबाट संक्रमितको कुल संख्या चार करोड नाघेको छ । संक्रमितको संख्या चार करोड दुई लाख ६४ हजार दुई सय १८ पुगेको हो । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख १८ हजार एक सय ६७ पुगेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ८३ लाख ८७ हजार सात सय ९८ पुगेको छ । अमेरिकामा कोरोनाबाट दुई लाख २४ हजार सात सय ३० जनाले ज्यान गुमाइसकेका छन् भने ५४ लाख ५७ हजार ६ सय ८१ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी भारतमा ७५ लाख ४८ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ६६ लाख ५९ हजारभन्दा बढी निको भएका छन् । भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार ६ सय ४२ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ३२ हजार दुई सय ४६ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट नेपालमा सात सय ३९ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितमध्ये ९२ हजार एक सय ६६ जना निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News