अपडेट 
२०७७ कार्तिक ६, बिहीबार ०९:२८

चितवन । भरतपुर अस्पतालमा कोरोना भाइरसबाट संक्रमित एक गर्भवतीको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी घर भएकी हेटौंडा बस्ने ३३ वर्षीय गर्भवतीको बिहीबार बिहान मृत्यु भएको हो ।

बुधबार भेन्टिलेटरमा राखेर उपचार गरिएको उनलाई असोज ३० गते कोरोना पुष्टि भएको थियो । ३७ हप्ताकी गर्भवती उनमा खोकी तथा श्वासप्रश्वासमा समस्या देखिएको प्रहरीले जनाएको छ । अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि उनलाई बचाउन नसकेको चिकित्सकहरुको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News