अपडेट 
२०७७ कार्तिक ७, शुक्रबार ०६:४२

जनकपुरधाम । प्रदेश २ मा थप ७५ वटा अक्सिजन बेड थपिने भएको छ ।

संघीय सरकारले प्रदेश २ का तीन अस्पतालमा अक्सिजनसहितको बेड थप्ने भएको हो । अक्सिजन बेड अर्थात हाई डिपेन्डेन्सी युनिट (एचडीयू) प्रदेश २ को प्रादेशिक अस्पतालसहित तीन वटा अस्पतालमा थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पताल, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र बीरगंजस्थित नारायणी अस्पतालमा अक्सिजन बेड थपिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यी तीन वटै अस्पतालमा २५ वटाका दरले अक्सिजन बेड थपिने भएको छ । यसका निम्ति अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निकासा दिइसकेको छ । ३ हजार ५ सय अक्सिजनसहितको बेड ेशभरका बिभिन्न अस्पतालमा थपिनेछ । यका निम्ति अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई रु ४ अर्ब २५ करोड २७ लाख २० हजार उपलब्ध गराएको छ ।

कठमाण्डु उपत्यकाको त्रिवि शिक्षण, पाटन र वीर अस्पतालमा सय/सय अक्सिजन वेड थपिनेछ भने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, नेपाल पुलिस अस्पताल, कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र, धुलिखेल अस्पताल, दहचोक अस्पताल, निजामती अस्पताल, वीरेन्द्र अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा ५०/५० वटा बेड थपिनेछ । नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, किस्ट अस्पताल, कान्ति अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग केन्द्र, चापागाउँ अस्पताल, भक्तपुर नगरपालिका अस्पताल, भक्तपुर अस्पताल, सुमेरु अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, अल्का अस्पतालमा २५ का दरले अक्सिजन बेड थप गरिनेछ ।

यस्तै, प्रदेश १ को धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनटरस्थित कोशी अस्पताल र झापाको मेची अस्पताल, बाग्मती प्रदेशको भरतपुर, हेटौंडा र धुलिखेल अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बाग्लुङ र गोरखा अस्पताल, लुम्बिनी प्रदेशको लुम्बिनी प्रादेशिक अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, कर्णाली प्रदेशका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र जाजरकोट अस्पताल तथा सुदूरपश्चिमको सेती, महाकाली र डडेलधुरा अस्पतालमा अक्सिजन बेड थपिने भएको मन्त्रालयले छ ।

Comment


Related News

Latest News

Trending News