अपडेट 
२०७७ कार्तिक ७, शुक्रबार १७:०५

नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८६३ नमुना परीक्षणमा ४ हजार ४९९ जनाको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएको हो । थप संक्रमितमध्ये १६९० महिला र २८०९ पुरुष रहेका छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् भने ४६ हजार ६९१ संक्रिय संक्रमित छन् ।

Comment


Related News

Latest News

Trending News