अपडेट 
२०७७ कार्तिक ७, शुक्रबार १७:०८

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमितको पहिचान, परीक्षण र उपचारबाट सरकार पछि नहटेको बताउनुभएको छ ।

आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपाली जनताको कोभिड–१९ पहिचान, परीक्षण र उपचारको यथोचित व्यवस्था सरकारले गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले शव व्यवस्थापनको व्यवस्था पनि पहिलेको जस्तै नेपाली सेनाले नै यथावत रुपमा गर्ने बताउनुभयो । हुनेले नहुनेलाई सहयोग गर्न मात्र सरकारले आह्वान गरेको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने बताउदै प्रधानमन्त्री ओलीले त्यस्ता अफवाहलाई विश्वास नगर्न आग्रह गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News