अपडेट 
२०७७ कार्तिक ८, शनिबार ०६:२८

बली प्रदानका लागि प्रख्यात राजदेवी मन्दिरमा बली चढने÷नचढने अन्यौल रहेको बेला स्थानीय प्रशासन केहि लचकता देखाएकोछ ।

बली प्रदान सम्बन्धमा निर्णय गर्न शनिवार बिहान साढे ८ बजे स्थानीय प्रशासन र राजदेवी पुजा संयोजन गर्ने कमिटीका पदाधिकारीहरुबीच छलफल हुने भएकोछ । ‘कमिटीहरुलाई बिहान छलफलका लागि बोलाइएकोछ’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने, पुजा संयोजन समितिले सिमित संख्यामा बली प्रदान गर्ने प्रस्ताव राखेको छ । महाष्टमीको राती राजदेवी मन्दिरमा बली प्रदान गरिन्छ ।वर्षमा १ दिन मात्र हुने बली प्रदानको संख्या १५ हजार नाघेको थियो ।हरेक वर्ष त्यसै हाराहारीमा बली प्रदान हुँदै आएकोछ । राजदेवी मन्दिरमा बली प्रदान नगर्न प्रारम्भ भएको निर्णय हाल सम्म बदलिएको छैन् ।त्यसकारण बली प्रदान हुने÷नहुने अन्योल कायमै रहेको महाबीर युवा कमिटीका पूर्व अध्यक्ष धर्मेन्द्र साहले जनाए । सप्तमीको दिन मन्दिरमा ‘खोइछ’ भर्न व्रतालु महिलाहरुको अबेर राती सम्म भीड लागेको थियो ।प्रसाद (लड्डु) चढाउने श्रद्धालुहरुको लाइन बिहानदेखि राती सम्म चलेको थियो ।

स्वतःस्फुर्त रुपमा लाइन लाग्ने र कमिटीका सदस्यहरुले त्यसको व्यवस्थापनगर्दै आएपनि यस वर्ष अन्यौल नै रहेकोछ ।राजदेवी मन्दिरमा बोका बली प्रदान हुने अन्यौल रहेपनि भाकल गरेकाहरुले बली प्रदान गर्न उद्यत रहेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News