अपडेट 
२०७७ कार्तिक ८, शनिबार १४:४५

कोरोना संक्रमण पुष्टि भएर धनुषामा थप एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ निवासी ६५ वर्षीया महिलाको शनिबार बिहान २ बजेतिर मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ज्वरो आएर सास लिन कठिनाइ भएपछि महिलालाई शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो । उनको शुक्रबारै स्वाब लिएर परीक्षण गर्दा राति ८ बजेतिर रिपोर्ट पोजेटिभ आएको निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिए । उनका अनुसार महिलामा उच्च रक्तचाप, मधुमेह र दमसमेत देखिएको थियो ।

योसँगै धनुषामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News