अपडेट 
२०७७ कार्तिक ९, आईतवार ०८:०४

विश्वमा कोरोना भाइरस संक्रमण निको हुनेको संख्या तीन करोड १६ लाख नाघेको छ । आइतबार बिहानसम्ममा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन करोड १६ लाख ५९ हजार नौ सय ८५ पुगेको हो ।

विश्वभर हालसम्म चार करोड २९ लाख १७ हजार आठ सय २४ मानिस कोरोना संक्रमित बनिसकेका छन् । संक्रमितमध्ये ११ लाख ५४ हजार तीन सय पाँच जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ८८ लाख २७ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ५७ लाख ४१ हजारभन्दा बढी निको भएका छन् । यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३० हला ६८ जना रहेको छ ।

भारतमा हालसम्म ७८ लाख ६३ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७० लाख ७५ हजारभन्दा बढी निको भइसकेका छन् । यहाँ कोरोना संक्रमणबाट हालसम्म एक लाख १८ हजार पाँच सय ६७ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म एक लाख ५५ हजार दुई सय ३३ जना मानिस कोरोनाबाट संक्रमित बनेका छन् । संक्रमितमध्ये एक लाख आठ हजार तीन सय ३४ जना निको भइसकेका छन् भने आठ सय ४२ जनाको मृत्यु भएको छ ।

Comment


Related News

Latest News

Trending News