अपडेट 
२०७७ कार्तिक ९, आईतवार ०८:१७

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक शिक्षा केन्द्रबाहिर भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको ज्यान गएको छ । यो आक्रमण एक निजी संस्थाको बाहिर भएको हो, जसले उच्च शिक्षाको कैयौँ कोर्स गराउँदै आएको थियो ।

सिया मुसलमान धेरै भएका क्षेत्र दश्त–ए–बार्चीको यस भवनमा सैयौँको सङ्ख्यामा मानिसहरु हुने गर्दछन् । आक्रमणका घाइते भएका कैयौँलाई अस्पताल लगिदैछ भने ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक पोस्टमा आक्रमणको जिम्मा लिएको सन्देश दिए पनि कुनै प्रमाण पेस गरेको छैन । यसअघि तालिबानले आफू घटनामा सामेल नभएको बताएको थियो ।

आक्रमणपछि गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले एक विज्ञप्ति निकाल्दै भन्नुभएको छ, एक आत्मघाती आक्रमणकारीले शिक्षा केन्द्रको भवनभित्र पस्ने कोसिस गरे । सुरक्षाकर्मीहरुले उनको पहिचान गरेपछि उनले ढोकामा नै विस्फोट गराए ।ज्यान गुमाउनेमा अधिकांश विद्यार्थी हुन सक्ने जनाईएको छ । पछिल्ला केही हप्तायता अफगानिस्तानमा हिंसा बढिरहेको छ । धेरैजसो आक्रमण तालिबानले गर्दै आएका छन् ।

Comment


Related News

Latest News

Trending News