अपडेट 
२०७७ कार्तिक ११, मंगलवार १५:०७

राजेन्द्र यादव, जनकपुरधाम | महोत्तरीको मनरा सिशवा नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवनको सोमबार शिलान्यास भएको छ ।

नगरपालिकाका नगरप्रमुख संजय कुमार सिंहले बिजया दशमीको दिन शुभ साईत हेरी शिलान्यास गरेका हुन । सोमबार, एक विशेष कार्यक्रमका बिच नगरप्रमुख सिंहले भवन निर्माण कार्यको शुभारम्भ गरेका हुन । नगरपालिकाले हालसम्म भाडाको भवनबाट दैनिक कामकाज लगायत आर्थिक तथा प्रशासनीक कार्य संचालन गर्दै आएका छन । नगरपालिकाको अत्याधुनिक प्रशासकीय भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप प्रभावकारीता आउने नगरप्रमुख सिंहले बताए । नगरपालिकाको आफ्नो भवन निर्माणबाट आर्थिक बचत, कर्मचारीहरुलाई आवश्यकता बमोजिम कोठाको उपलब्धता र कार्यालयको कामकाजमा साकारात्मक योगदान पुर्याउने उनले दाबी गरे ।

भवन निर्माणको ठेक्का चालु आ.व ०७७ /०७८ मा भई, सिनर्जी ज्ञान ज्योती प्रा.ली काठमाण्डुले उक्त भवन निर्माणको ठेक्का पाएको छ । सम्झौता बमोजिम भवन निर्माणको लागत रु १ करोड २२ लाख रहेको छ भने, २० महिनमा निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण गरिसक्नु पर्ने प्रमुख प्रशासकीय अधिकृत रणजित कुमार यादवले बताए ।

Comment


Related News

Latest News

Trending News