अपडेट 
२०७७ कार्तिक ११, मंगलवार १६:००

कोरोना भाइरसबाट प्रभावित विश्वका मुलुकहरुको सूचीमा नेपाल ३४ औं स्थानमा रहेको छ ।

वर्ल्डोमिटरको तथ्या‌क अनुसार कोरोना संक्रमितको संख्याको आधारमा नेपाल ३४ औँ स्थानमा रहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० रहेको छ । हालसम्म नेपालमा ८ सय ६२ जनाको कोरोनाका कारण मृत्यु भएको छ। विश्वभर कोरोना संक्रमितको संख्या चार करोड ३८ लाखभन्दा बढी छ । हालसम्म ११ लाख ६५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म ८९ लाख ६२ हजार ७ सय ८३ जना संक्रमित भएका छन् । जसमध्ये २ लाख ३१ हजार ४५ जनाको मृत्यु भएको छ। कोरोनाबाट प्रभावित मुलुकको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६ हजार ४ सय २९ पुगेको छ। भारतमा ज्यान गुमाउनेको संख्या १ लाख १९ हजार ५ सय ३५ पुगेको छ।

यस्तै तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या ५४ लाख ११ लाख ५ सय ५० पुगेको छ भने मृत्यु हुनेको १ लाख ५७ हजार ४ सय ४१ रहेको छ। यस्तै कोरोनाबाट बढी प्रभावित देशको सूचीमा रुस चौथो, फ्रान्स पाँचौँ, स्पेन छैठौँ, अर्जेन्टिना सातौँ, कोलम्विया आठौँ, मेक्सिको नवौँ र बेलायत दशौँ स्थानमा रहेको छ।

Comment


Related News

Latest News

Trending News