अपडेट 
२०७७ कार्तिक १२, बुधबार ०६:३४

विश्वमा तीन करोड २४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा कोरोनामुक्त हुनेको संख्या तीन करोड २४ लाख ३६ हजार नौ सय ६४ पुगेको हो । विश्वमा हालसम्म चार करोड ४२ लाख ३० हजार चार सय ९० मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ लाख ७१ हजार एक सय ९५ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९० लाख ३४ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । अमेरिकामा अहिले पनि २९ लाख २९ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामा नै छन् । यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३२ हजार २४ पुगेको छ । भारतमा हालसम्म ७९ लाख ८८ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ अहिले पनि ६ लाख ११ हजार ६ सय पाँच जना संक्रमित अवस्थामै रहेका छन् । भारतमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या एक लाख २० हजार ५४ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ६० हजार चार सय मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक लाख १८ हजार आठ सय ४३ जना निको भइसकेका छन् । हाल ४० हजार ६ सय ८१ जना मानिस संक्रमित अवस्थामा छन् । यहाँ कोरोना संक्रमणबाट आठ सय ७६ जना मानिसले ज्यान गुमाइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News