अपडेट 
२०७७ कार्तिक १२, बुधबार १०:०५

बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रमुख प्रसाईंको पीसीआर रिपोर्ट मंगलबार पोजेटिभ आएको हो ।

उहाँ प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर जानुभएको छ । पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उहाँले बताउनुभयो । हाल घरमै आइसोलेसनमा रहनुभएका उहाँका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।

Comment


Related News

Latest News

Trending News