अपडेट 
२०७७ कार्तिक १३, बिहीबार १२:४०

जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चन्द्रपुर –१० बाल्चनपुर की ४३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

चितवन मेडिकल अस्पतालमा उपतारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । नेपाली सेना, इन्द्रबक्स गण पुरेनवा गौरबाट उपसेनानी शिवराज खत्रीको नेतृत्वमा आज चन्द्रपुर–५ चाँदी नदी किनारमा शव व्यवस्थापन गरिएको छ ।

मिर्गौला रोगी महिलालाई उपचारका लागि कात्तिक ६ गते चितवन अस्पताल लगिएकामा स्वाब संकलनपछि बुधबार दिउँसो मृत्यु भएको थियो । पीसीआर रिपोर्ट भने उनको मृत्यु भएपछि बुधबार राति मात्र आएको थियो । यससँगै जिल्लामा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Comment


Related News

Latest News

Trending News