अपडेट 
२०७७ कार्तिक १३, बिहीबार १५:२१

कोरोना भाइरसका कारण स्थगित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते शुक्रबार बस्ने भएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले २१ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठक पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा केन्द्रीत हुने उहाँले बताउनुभयो । यसअघि दुई पटक मिति तय भएर कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको थियो ।

Comment


Related News

Latest News

Trending News