अपडेट 
२०७७ कार्तिक १३, बिहीबार १५:२८

ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।

रोजगारीका अवसर सिर्जना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले ऋण दिन लागेकाे अमेरिकाको वाशिङ्टन डीसीमा रहेको बैंकको प्रधान कार्यालयले जनाएको छ । नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक– निजी साझेदारीको भावना प्रवर्द्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना सहयोगी हुने विश्वास बैंकले विश्वास व्यक्त गरेको छ । चिया, कफी, फलफुल र औषधिजन्य वस्तुको उत्पादनले कोभिड–१९ पछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।

यसैबीच, एसियाली विकास बैंक एडीबीले प्रदूषणरहित ढङ्गले इँटा उत्पादन गर्न नेपाल सरकारलाई एक करोड ४७ लाख रुपैयाँ अनुदान दिने भएको छ । आगो प्रयोग नगरि वातावरण र जनस्वास्थ्यमा असर नपर्ने प्रविधिको उपयोग गर्दै इँटा उत्पादन गर्न बैंकले अनुदानस्वरुप रकम दिने निर्णय भएको जनाएको छ । 

Comment


Related News

Latest News

Trending News