अपडेट 
२०७७ कार्तिक १३, बिहीबार १८:००

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आफनो नवनिर्मित चारतले भवनमा गृह प्रवेस गरेको छ ।

कार्यालयको प्रांगनमै निमार्ण गरिएको विशाल चारतले भवनमा शुभ साइत पारी विहिवार पुजा आजाका साथ गृह प्रवेस गरेको छ । वैशाखमा नै गृह प्रवेस गर्ने मनसाय राखिएपनि तोकिएको समयमा ठेकेदारले कार्यालय भवनको निमार्ण प्रक्रिया पुरा नगरेपछि कार्तिकमा आएर गृह प्रवेस गरेको मेयर लालकिशोर साहले वताए । अहिले सुभसाइत हेरेर गृह प्रवेस गरेको र पछि भवन पुर्ण तयारी भएपछि उदघाटन गरिने मेयर साहले वताउदै पुरानो भवनलाई वारुण यन्त्रलाई जिम्मा लगाएर कार्यालयलाई नवनिर्मित भवनमा सारिने वताए । मेयर साहले पुनः थपिएको समय सिमा भित्र ठेकेदार कम्पनीले भवन सम्पन्न गर्न नसके उनलाई कालोसुचिमा राखेर ठेकाको प्रक्रियाक पुनः वढाइने समेत जानकारि दिए । गृह प्रवेस कार्यक्रममा उपमेयर रीता कुमारी मिश्रले जनकपुरलाई धाम वनाएको र सोहि वमोजीमनै आफनो संस्कारलाई जिवित राख्नका लागि पुजा पाठ गरेरनै कार्यालयमा प्रवेस गरिएको वताउदै मिथिलामा नया भवनमा प्रवेस गर्नुभन्दा पहिले घरको पुजा गर्नु पर्ने भएकोले सोहि अनुसार आज पुजा सम्पन्न गरिएको र पछि एक कार्यक्रम गरि उदघाटन समेत गरिने वताइन ।

दुइतले भवन निमार्ण गर्नका लागि चार करोडको लगानीमा निमार्ण सुरु गरिएको सो भवनलाई पछि थप गरेर दुइ थप गरेर चारतलाको अत्याधुनिक भवन वनाइएको छ भने तलाको सवैभन्दा माथिल्लो तलामा जनप्रतिनिधीको संसदीय भवन वनाउने कार्य समेत सुरु गरिएको वताइएको छ ।

Comment


Related News

Latest News

Trending News