अपडेट 
२०७७ कार्तिक १४, शुक्रबार ०८:५५

भारतको जम्मू काश्मिरमा तीन जना भारतीय जनता पार्टीका नेताको हत्या भएको छ।

दक्षिणी काश्मीरको कुलगाममा गएराति गोली हानेर भाजपाका नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरिएको हो। मृतक हुसैन कुलगाम भाजपा युवा मोर्चाका महासचिव रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।उनीसँगै भाजपाका कार्यकर्ता उमर रशीद बेग र अब्देर रशीद बेगको पनि हत्या भएको हो। गोली लागेर एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको बताइएको छ।

द रजिस्टेन्स फ्रन्ट नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ। उक्त संगठन लक्सर ए तैयबाको सहयोगी भएको जनाइएको छ।जम्मु काश्मीरमा विगत केही दिनयता भाजपा कार्यकर्तामाथि लगातार आक्रमण भइरहेका छन्। पार्टीका तीन युवा कार्यकर्ताको हत्या भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले निन्दा गरेका छन्।

Comment


Related News

Latest News

Trending News