अपडेट 
२०७७ कार्तिक १४, शुक्रबार १८:५८

लागूऔषध गाँजा र अफिमसहित बाराबाट एक जना पक्राउ परेका छन् ।

प्रहरी चौकी बेल्दारीबाट खटीएको गस्ती टोलीले शुक्रबार बाराको पचरौता नगरपालिका–४ बेल्दारीबाट २ केजी अफिम र २ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–३ रामनगरका २० वर्षीय बिनोद यादव रहेका छन् । साइकल चढेर भारततर्फ जाँदै गरेको अवस्थामा खानतलासी गर्दा प्लास्टिकमा बेरी शरीरमा लुकाएर राखेको अवस्थामा यादवलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News