अपडेट 
२०७७ कार्तिक १५, शनिबार ०६:३०

जनकपुरधाम । जानकी अटो मोबाइल एशोसिएशन प्रदेश २ गठन गरिएको छ ।

नेपा ल अटो मोबाईल एशोसिएशनका केन्द्रिय प्रतिनिधि प्रकाश कर्पुरीको अध्यक्षतामा शुक्रबार महोत्तरीको बर्दिबासमा सम्पन्न भेलाले तेजनारायण साह(संतोष) को अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा केदार कुमार अग्रवाल, सचिवमा किशोर भट्टराई र कोषाध्यक्षमा संजित राज श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा विजय अग्रवाल, सुरेन्द्र साह, सुरेश ठाकुर र सुनिल कुमार सिंह रहेका छन् । भेलाले प्रदेश सल्लाहकारमा बजरंग यादव(जनकपुर), प्रदिप यादव(महेन्द्रनगर) र चन्द्रशेषर अग्रवाल(जनकपुर) लाई चयन गरेको छ । भेलामा प्रदेश २ का आठै जिल्लाका अटो मोबाइल संचालक र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । भेलाले हिन्दूहरुको महान चाड वडादशैं, दिपावली तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरेको छ ।

Comment


Related News

Latest News

Trending News