अपडेट 
२०७७ कार्तिक १५, शनिबार ०८:१७

यस वर्षको दशैँ सकिएको छ ।

दुर्गा पक्ष अर्थात् दशैँ पर्वको अन्तिम दिन हिजो आश्विन शुक्ल पूर्णिमाको राति महालक्ष्मीको पूजा गरी जाग्राम बसेपछि दशैँ सकिएको हो ।विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ । राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लागि सेलाइएको छ ।

नवरात्रि विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ ।यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । कोजाग्रत पूर्णिमा हिजो परे पनि पूर्णिमा व्रत भने आज रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
 

Comment


Related News

Latest News

Trending News