अपडेट 
२०७७ कार्तिक १५, शनिबार ११:१४

धरानमा थप एक जना कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

झापाको गौरीगञ्ज घर भएका वृद्धको शनिबार करिब ७ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो । मुटुको समस्याबाट पीडित वृद्धमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि ७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

Comment


Related News

Latest News

Trending News